कांग्रेस महाधिवेशन निर्वाचन तालिका सार्वजनिक : मंसिर २५ गते मनोनयन दर्ता, २७ गते चुनाव

नेपाल कलम
नेपाल कलम १४ मंसिर २०७८, मंगलवार
1 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार १४ औँ महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ। सो अनुसार मंसिर २४ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

२५ गते मनोनयन पत्र दर्ता हुनेछ भने उम्मेदवारी फिर्ताको समय दिएर मंसिर २६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ। निर्वाचन मंसिर २७ गते बिहान ८ बजेदेखि हुने कार्यक्रम छ।

यस्तै, प्रदेश तर्फ मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्