सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

नेपाल कलम
नेपाल कलम १८ मंसिर २०७८, शनिबार
1 Min Read
Aa
काग्रेसकोप्रदेश समितिको निर्वाचन स्थल निर्माण ब्यवसायी संघ धनगढी रातोपुल
Advertisement
Advertisement

धनगढी — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान धनगढीमा सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । प्रदेश अधिवेशन आयोजक समितिको प्रचारप्रसार उपसमितिका संयोजक नृप सुनारका अनुसार जम्मा १७६ उम्मेदवार चयनका लागि मतदान भइरहेको छ ।

त्यसमध्ये १८ जना पदाधिकारी र १५८ जना भूगोल र खुला सदस्यका उम्मेदवार रहेका छन् । मतदानमा सहभागी हुने मतदाताको संख्या भने १०२१ रहेको छ । सुरुमा ९८७ जना मतदाता रहे पनि पछि विभिन्न सुभेच्छुक संस्थाबाट प्रतिनिधि सहभागी गराइएको थियो ।

सभापति पदमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर र संस्थापन इतरपक्षबाट कैलालीका तत्कालीन जिविस सभापति नारायणदत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्