काठमाडौं : धरानका उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङले स्थानीय तहको चुनावमा आफुले गरेको बाचा अनुसार धरान बासिहरूलाई पानि खुवाउने बाचा पुरा गरेका छन। नेपालको चुनावी अभ्यास हेर्दा रेलदेखि लगाएर पानीजहाज हुदै जनताका घर-घरमा ग्याँस पाइप लाइन पुर्याउने बाचा गर्ने चुनाव जितेर काम नगर्ने नेताहरू जहा पनि भेट्न सकिन्छ।
तर हर्क साम्पाङले भने जनताकासामु आफुले गरेको बाचा पुरा गरेका छन। खुटुवा खोलाको पानीलाई खानेपानीको पाइपबाट प्रशोधन गरि पानी धरान झारिएको हो। धरानबासिहरूले पनि मेयर हर्क साम्पाङलाईलाई साथ दिएको देखिन्छ।
उनका काम स-साना अथवा सामान्य छन। जस्तै ढुङ्गा बोक्नु, गिट्टी कुट्नु, कोदालो भोक्नु, साम्पाङको यो काम देखेर खिल्ली उडाउनेहरूको जमात होलान्। तर हाम्रो छिमेकी राष्ट्र चीन आज कसरी विकसित राष्ट्र भयो भनेर हेर्ने हो भने चीनको विकास कुटो, कोदालो ढुङ्गा,माटो, उठाएरै सुरू भएको थियो। आजचीन महाशक्ति राष्ट्र अमेरिकाको दाँजोमा पुग्दैछ।कुनैपनि काम तलबाट सुरू हुन्छ भन्ने सत्य हामीले स्वीकार गर्नुपर्छ जुन हर्क साम्पाङले गर्दैछन। साम्पाङ जस्ता नेताहरू नेपालमा नभए देशमा विकासको रोलमोडल तयार नहुने नागरिकको बुझाई छ।
प्रतिक्रिया दिनुहोस्