संविधानका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। गठबन्धनलाई भोट गर्नुहोस अदक्ष्य – प्रचण्ड

नेपाल कलम
नेपाल कलम ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौं: संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु। लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो प्रचण्डले भने संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन यसले समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी छलाङ् मारेको छ। सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जान्छ यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबारको अनुभूति गराएको छ प्रचण्डले नेपाल पोललाई जानकारी दिए।

संविधानकै कार्यान्वयनको क्रममा हामी आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा / प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रियामा छौं। संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ। त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायले गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा गर्ने हार्दिक अपिल गर्छु।

प्रतिक्रिया दिनुहोस्