कानुन विपरित बनेका अनधिकृत संरचनामा डोजर नचलाउन अदालतले आदेश दिएको थियो। तर बालेन रोकिएनन्।

नेपाल कलम
नेपाल कलम ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa
Advertisement
Advertisement

आइतबार टुकुचामाथि बनेका अनधिकृत संरचना नहटाउन पाटन जिल्ला अदालतले काठमाडौं महानगरलाई आदेश दिएको थियो। तर महानगरलाई भने अदालत आदेशमा जानकार नभएको महानगरले जानकारी दियो। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतको जारी आदेश लिखित जानकारी आफूले नपाएको बताए। उनले भने अदालतले के निर्देशन दिएको हो त्यस बारेमा महानगरलाई  जानकारी छैन। उनले पाटन जिल्ला अदालतको आदेश महानगरको कार्यालयमा नआएको र यदि त्यस्तो आदेश आए अदालतको सम्मान आफूहरुले गर्ने बताए। टुकुचामा भएको जमिन अतिक्रमण हटाउनलाई महानगरले अहिले कमलादीको लक्ष्मी बैंक र उत्तरतर्फ निर्माणाधीन भवन नजिकै महानगरले डोजर चलाइरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस्