राष्ट्रपतिले फेरी नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरिन ?

नेपाल कलम
नेपाल कलम ५ आश्विन २०७९, बुधबार
2 Min Read
Aa
Advertisement

सङ्घीय  संसद्का   दुबै  सदन  प्रतिनिधिसभा  र राष्ट्रियसभाले  साउन १६ गते पारित  गरेको नागरिकता विधेयक।  प्रमाणीकरणका  लागी राष्ट्रपति  कार्यालय पठाइएको थियो ।    राष्ट्रपतिले  विधेयकलाई प्रमाणीकरण गर्ने अस्वीकार गरेर नागरिकता विधेयकलाई    राष्ट्रपति भण्डारीले आठ  बुँदासित  संसदमा नै पठाउनु भयो।

संसद्बाट  पून:बिचार गरि  सभामुख  अग्निप्रसाद साप्कोटाले  विधेयक  प्रमाणीकरणका  लागी  फेरि राष्ट्रपति  कहा  नागरिकता  विधेयक पठाए ।  उक्त विधेयक राष्ट्रपति     भण्डारीले १५ दिनभित्र प्रमाणीकरण  गरि सक्नुपर्ने   थियो ।

तर  राष्ट्रपति भण्डारीले    नागरिकता विधेयकलाई  प्रमाणीकरण गर्न फेरि पनि अस्वीकार  गर्नुभयो ।  एउटै विधेयक दोस्रो   पटक राष्ट्रपति  कहा पुगे राष्ट्रपतिले  अनिवार्य   रूपमा प्रमाणीकरण   गर्नुपर्ने  नेपालको संविधानको ( धारा ११३ ) को  (४)  छ ।

यसरी संविधानअनुसार  विधेयक  दोस्रो पटक पनि प्रमाणिकरण हुन सकेन । अर्कातर्फ भने प्रतिनिधिसभाको चालु  अधिवेशन  पनि  समाप्त भइसकेको छ । अब नागरिकता  विधेयक के हुन्छ भन्ने विषयमा आम  नागरिकको चासो  बढेको छ ।

आम नागरिकको चासो  हेर्ने  हो  भने नागरिकहरू नागरिकता।  विधेयकलाई  कुनैपनि  हालमा  प्रमाणीकरण नगर्न मागहरू  राखेका छन ।  बिदेशलाई  टिकट दिएझै नागरिकता दिने  प्रावधान रहेको  विधेयकलाई  नागरिकले बिरोध  गरेका  हुन ।

● बिदेशीलाई सोझै नागरिकता दिए के हुन्छ ?

कुनैपनि  देशको अस्तित्वसँग  नागरिकता  जोडिन्छ  ।विदेशीलाई    नागरिकता दिदा  उनीहरू  नेपाली नागरिक हुन पुग्छन । नेपाली    नागरिक भए उनीहरू सासद, मंन्त्री, प्रधानमन्त्री, न्यायाधीश, राष्ट्रपती, जे पनि हुन  पाउछन । यसरी बिदेशीले  राज्यसत्ता सिंगो राजनीतिक  ब्यवस्था नै चलाउन अथवा कब्जा गर्ने सक्छन ।

यसरी विदेशीले  कुनै देशको    राजनीतिक क्षेत्रमा आफ्नो  प्रभुत्व कायम  गरेपछि त्यो  देशको  अस्तित्व स्वाभिमान सार्वभौमसत्ता  संकटमा पर्छ । विदेशीलाई यसरी चिल्लो  बाटोबाट  देश  सुम्पिदिने कुरा आम नागरिकले  अस्वीकार गर्नु जायज हो । त्यसकारण आम   नागरिकहरूले  नागरिकता    विधेयक पारित नगर्न राखेका मागहरू राज्यले मनन वा सम्बोधन गर्नुपर्दछ । nepal pole 

 

प्रतिक्रिया दिनुहोस्