नेपाली उत्पादन भारतमा प्रदर्शन हुदा प्रेमगीत ३ को विरोध मै उत्रिए भुवन केसी,,

नेपाल कलम
नेपाल कलम ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौं  : प्रेमगीत ३ को  हिन्दी संस्करणलाई  विदेशी   फिल्मको मान्यता दिंदै सेन्सर  सिफारिस गर्ने चलचित्र विकास बोर्डको निर्णय    विवादित हुदै  गएको छ।  यो निर्णयबारे  छलफल गर्न    सञ्चार तथा सूचना प्रविधि   मन्त्रालयले चलचित्र विकास  बोर्डका अध्यक्ष  भुवन केसीलाई बिहीबार बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन निर्देशन    नै दिएको छ ।

नेपाली फिल्मलाई  विदेशी फिल्म भन्दै भुवन केसीले सेन्सर  सिफारिस गरेको बारे मन्त्रालयले  छलफलका लागि केसीलाई मन्त्रालय बोलाइएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव  सेवन्तक पोखरेलले बताए ।

बोर्ड भुवन  केसीको   निर्णयलाई चुनौती दिंदै प्रेमगीत ३ का   वितरकले बिहीबार मन्त्रालयमा  उजुरी दिएपछि   यो विवाद मन्त्रालयसम्म पुग्यो   वितरकको निवेदन बारे स्पष्ट हुन  मन्त्रालयले केसीलाई बोलाएको हो ।  पोखरेलले भने पहिले नेपाली भनेर  सेन्सर गर्ने र  अहिले आएर हिन्दी भन्ने कुरा  बाझिएकाले हामी स्पष्ट हुन चाहेका हौं ।

सेन्सर बोर्डका  अध्यक्ष टंक महतले पनि भुवन केसीलाई  मन्त्रालयमा   बोलाइएको पुष्टि गरेका छन । सचिवज्यूले  स्पष्ट हेर्न बोलाउनुभएको हो।  सेन्सर गर्ने  मन्त्रालयले हो कुनै ब्यक्तिले   वा बोर्डले होइन महतले भने हामी यसबारे थप निर्णय गर्छौं।

चलचित्र  विकास बोर्डले भने  बुधबार प्रेमगीत ३  को हिन्दी  संस्करणलाई  विदेशी  फिल्मको  मान्यता दिंदै  सेन्सर  सिफारिस अनुमति  दिएको  थियो।

प्रतिक्रिया दिनुहोस्