प्रेमगीत ३ ले लचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको सम्मान फिर्ता गर्दै ।

नेपाल कलम
नेपाल कलम ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौं: फिल्म रिलिजमा चलचित्र विकास बोर्डले दुख दिएको भन्दै प्रेमगीत ३ ले चलचित्र विकास बोर्डले दिएको सम्मान निर्माता चक्रबहादुर चन्दका अनुसार हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा फिल्म बजारखोज्ने कार्यमा योगदान पुर्‍याएको भन्दै चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ का निर्मातालाई सम्मान गरेका थिए ।

फिल्म निर्माताले चक्रबहादुर चन्द भने अध्यक्ष भुवन केसी ज्यूले हामीलाई प्रेम गीत प्रदर्शनमा दुःख दिने काम मात्र गर्नुभयो। हामीमाथि अन्याय भएको छ। अध्यक्ष भवन केसीले सम्मान अनुसार सहयोग गर्नुभएन। त्यसकारण हामीले वहाँले हामीलाई दिएको सम्मान हुलाकमार्फत बोर्डको ठेगानामा फिर्ता गर्दैछौं ।

चलचित्र बोर्डले टोकन अफ लभ र  खादाबाट सम्मान  गरेको थियो । प्रेम गीत निर्माता चक्रबहादुर चन्दले फेसबुकमार्फत स्टाटस लेख्दै  सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । यति बेला  चलचित्र विकास  बोर्ड र प्रेमगीत ३ बीच दुबै पक्षबाट आरोप-प्रत्यारोप चर्किएको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी संस्करणको सेन्सरमा अनावश्यक आफुहरूलाई दुःख दिएको आरोप प्रेमगीत ३ का निर्माताको छ । यो पनि पढ्नुहोस: नेपाली उत्पादन भारतमा प्रदर्शन हुदा प्रेमगीत ३ को विरोध मै उत्रिए भुवन केसी,,

प्रतिक्रिया दिनुहोस्