रोजगारको सिलसिलामा विभिन्न देशहरूमा श्रम गर्न जानुपर्ने नेपालीहरूको बाध्यता नै छ । वैदेशिक रोजगारको लागी मेनपावर कम्पनी, एजेन्ट लगायतबाट ठगिदा युवाहरूलाई एकतर्फ स्वदेशमै रोजगार नहुदा विदेशीनुको पिडा छ । भने अर्को तर्फ नेपालमा नै दलालहरूबाट ठगीदाका थुप्रै पिडा छन।
विदेश जान निकालेको ऋणको भार र दलालबाट ठगिदाको पिडाको भारी बोकेर नेपाली युवाहरू कहिलेसम्म विदेशीनु पर्ने हो नेपाल सरकार बेखबर छ।
पछिल्लो समय मलेसिया जाने श्रमिकहरूले मेनपावरलाई २ देखि ३ लाखसम्म रकम तिरेका छन। भर्खर मलेसिया पुगेका एक श्रमिकले नेपाल पोल सग कुरा गर्द भन्छन ‘, हामीलाई धेरै पिडादायिक परिस्थिति झेल्नु परेको छ । आफ्नो देशमा रोजगार छैन विदेशी भूमिमा रोजगार गर्न वातावरण पनि सहज छैन । दुईलाख तिरेर मलेसिया आइपुगे बेसिक ८ घण्टाको सल्लेरी १५ सय रिङ्गीट भनिएको थियो ।
अहिले १५ सय सेल्लेरी पाउन १२ घण्टा खट्नु पर्छ । उनले भने , ऋण निकालेर खेतबारी बेचेर रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता छ त्यसमा पनि नेपाल मै मेनपावरबाट नराम्रो गरि ठगीनु परेको छ । यस्ता पिडा लाखौ युवाहरूका छन तर नेपाल सरकारले न कहिल्यै सुन्यो न त देख्यो ।
वैदेशिक रोजगारका लागी भदौमा मात्र ७६ हजार युवाहरू मलेसिया गएका छन । उनिहरूले मोटो रकम नेपालका विभिन्न मेनपावरलाई बुझाएर गएका हुन ।
नेपाल सरकारले भने दश हजार मै मलेसिया पठाउने बताउछ । मेनपावर कम्पनीरूले भने वैदेशिक रोजगारमा जाने युवाहरूबाट लाखौ रकम असुल गर्न भने छाडेका छैनन् ।
वैदेशिक रोजगारमा जानुभन्दा पहिला तपाईँले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
१. तपाईले रोजगारीको प्रस्ताव गरेको मेनपावर कम्पनीले तपाईलाई भिसा प्राप्त नगराए सम्म पैसा नबुझाउनुहोस् ।
२. तपाई जाने देश वा त्यस देशको काम गर्ने स्थानमा रहेका नेपाली कार्यालयहरुको वा सोही कम्पनीमा काम गरिरहेका नेपाली युवाहरूको सम्पर्क नम्बर र ठेगाना नोट गर्नुहोस्। यसले तपाईंलाई आवश्यक पर्दा तिनीहरूसँग सम्पर्कमा रहन सजिलो हुनेछ।
३. वैदेशिक रोजगारको लागी नेपाल सरकारले तोकेको भन्दा बढी रकम मेनपावरलाई नदिनुहोस्।
४. वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम अनिवार्य लिनुहोस् । यसले तपाई जाने देशको बारेमा तपाईलाई धेरै कुराहरूको जानकारी हुनेछ।
५. रोजगारका लागि विदेश जानु अघि’, तपाईं जाने देश तपाईंले काम गर्ने कम्पनी र तपाईंलाई उपलब्ध गराइने तलब खाने बस्ने जस्ता सुविधाहरूबारे राम्ररी पढ्नुहोस् । ध्यानपूर्वक पढेर मात्र नियम र सर्तहरूमा हस्ताक्षर गर्नुहोस् । तपाई जाने कम्पनीसँग गरिएको सम्झौतामा हस्ताक्षर गरेपछि उक्त सम्झौतालाई तपाईले सुरक्षित रूपमा साथमा राख्नुहोस् ।
६. तपाईले विदेशमा यात्रा गर्दा नेपालकै विमानस्थल प्रयोग गर्नुहोस् । किनकी यसो गर्दा तपाईलाई धोका नहुने सम्भावना हुन्छ,’ यदि धोका भएपनि तपाईँलाई मद्दत वा उद्धार गर्न सजिलो हुन्छ । यो पनि पढ्नुहोस्: झण्डै ७ रोपनी सार्वजनिक जग्गा मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराज सहित १३ जनाले हडपेका छन।
प्रतिक्रिया दिनुहोस्