काठमाडौं, नेकपा एमालेका नेता भीम रावलले चुनावी टिकट नपाउने अछाम १ का झपट बोहोरालाई टिकट दिइएको छ ।
माओवादी केन्द्र छाडेर आएका झपटलाई एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जको पद दिइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले तिनै झपट बोहोरालाई उम्मेदवार बनाउने भएका छन।
एमालेले टिकट वितरणको अधिकार केपी ओलीलाई दिएको हुनाले ओलीले टिकट फाइनल गरेका हुन् ।
अछाम जिल्ला एमाले कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दश बुँदे गरी एमाले मै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् । संसदमा होस, वा सार्वजनिक ठाउँमा उनि बेला बेला जनताका प्रश्न उठाउने हुनाले चर्चामा आई राख्ने नेता पनि हुन भिम रावल ।
रावले एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग प्रतिश्पर्धा गरेका थिए । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।
केपी ओलीसँग राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागी प्रतिस्पर्धा गरेकै कारण ओलीले भिम रावललाई टिकट नदिएको स्रोतको बुझाई छ।
प्रतिक्रिया दिनुहोस्