काठमाडौं, भुसाले एमाले पार्टी भित्र ४५ बर्षलामो यात्रा गरेका थिए । भुसालले नेकपा एमालेबाट आज साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन ।
पार्टी भित्र केपी ओलीले अपरिपक्व नीति निर्माण र दम्भ देखाएको र पार्टी स्वेच्छाचारिताको कैदी हुन पुगेको हुनाले घनश्याम भुसाले साधारण सदस्य समेत रहन नपाउने गरि पार्टी परित्याग गरेका हुन ।
उनले भने देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले एमाले जस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ ।
यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो ।
तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो ।
आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो भुसाले भने’, अहिले पार्टी कमरेड केपी ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ ।
नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ ।
तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यस पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने मैले कुनै सम्भावना समेत देखिन अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि । नेकपा एमाले पार्टीमा नरहने निष्कर्षमा पुगेको र पार्टी परित्याग गरि सकेको घनश्याम भुसाल बताएका छन ।
अध्यक्ष केपी ओलीले पार्टीलाई गलत मार्गमा दौडाएर चरम दम्भ अपरिपक्व निर्णय गरि पार्टीभित्र नीति र विधि भन्दा बाहिर रहेर काम गरेको हुँदा घनश्याम भुसालले पार्टी त्यागेका हुन । घनश्याम भुसाल अब कुन पार्टीमा प्रवेश गर्छन,’ त्यो भने बताएनन्।
प्रतिक्रिया दिनुहोस्