- डा.सुर्य राज आचार्य
चल्तिको राजनीति, दल र दलका शीर्ष नेतृत्व प्रति आम नागरिकको सम्मान र विश्वास क्षीण हुँदैछ । राज्यका अंगहरुको वैधता निरन्तर रुपमा खस्किँदो छ।
नागरिकमा उदाशीनता र आक्रोश बढ्दो छ । यस्तो परिवेशमा सबै राजनीतिक दल भित्रका केही व्यक्तित्व तुलनात्मक रुपमा आशलाग्दा र विश्वासयोग्य छन् । यस्ता व्यक्तित्व संसदमा पुग्दा समग्रतामा व्यवस्था र राजनीतिका लागि सकारात्मक प्रभाव पर्नेछ।
नेकपा एमालेका दुई नेता, घनश्याम भुषाल र भीम रावलले टिकट नपाएको कुरा चर्चामा छ । नेपालका दल भित्रको घात-प्रतिघातको शैली दल बाहिरकाले नबुझिएला । तथापी एमाले अध्यक्ष केपी ओलीको घनश्याम भुषाल र भीम रावललाई टिकट नदिने निर्णय कुनै हिसाब ले पनि बुद्धिमत्तापूर्ण देखिँदैन । यी दुवै नेता संसदमा पुग्नु पर्ने नेता हुन।
यस्तै प्रवृत्ति नेपाली कांग्रेसमा पनि दिखिँदैछ।
दलका शीर्ष नेताहरुले आफ्नो जिवनीको पुस्तक लेखिँदा के-कस्ता कुरा लेखिएलान भनेर थोरै चासो दिने हो भने यस्तो हुँदैन थियो कि ?
यो पनि पढ्नुहोस्: एमाले नेता भीम रावलले चुनावी टिकट नपाउने, झपट बोहोरालाई टिकट दिइयो।
प्रतिक्रिया दिनुहोस्