काठमाडौं, नेपालका विभिन्न राजनीतिक दलहरूको देशको नेतृत्व गर्ने छवि स्वच्छ नभएकै कारण देश ओरालोतिर गरेको छ । निर्वाचन झन नजिकै आएको यो परिस्थितिमा आम नागरिकहरूको मनको कौतुहल भनेको निर्वाचन पछि,’ देशले कस्तो प्रधानमन्त्री पाउला कहिले विकसित होला र देशमै रोजगार पाइएला आम नागरिकमा यस्ता प्रश्नको भण्डार नै छ।
पछिल्लो समय विभिन्न क्षेत्रहरूबाट युवाहरूको राजनीतिक यात्राले शीर्ष राजनीतिक दलका नेताहरूको होसहवास उडेको छ ।
त्यस्तै राजनीतिक यात्रा सुरुवात गर्न थालेका एक युवा सागर ढकाल पनि हुन । सागर पाच पटक देशको प्रधानमन्त्री भएका काँग्रेसका सभापति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासग डडेलधुराबाट चुनौतीपूर्णका साथ चुनाव लड्ने तीव्र तयारीमा छन ।
सागर ढकालका भिजनहरू भनेको दीर्घकालीन बलियो योजनाहरू बनाउने र ति योजनाहरूलाई सफलतापूर्वक पुरा गर्न सक्ने सक्षम क्षमताका छन ।
उनि पानी विज्ञान, नीति र व्यवस्थापन (MSc) Regent’s Park College, Oxford कोष Oxford-Weidenfeld र Hoffmann का सागर ढकाल हाइड्रो मेकानिकल इन्जिनियर हुन् । नेपाल जलश्रोतमा विश्वको दोस्रो धन देश हो नेपालको पानी संसारमा कसरी बेच्ने सागरलाई राम्रोसँग थाहा छ ।
सागरले ऊर्जा मन्त्रालयका तर्फबाट MWH (अमेरिका) र SMEC अष्ट्रेलियाको अन्तर्राष्ट्रिय टोलीसँग ४१० मेगावाटको नाल्सिङ गाड भण्डारण जलविद्युत आयोजनामा काम गरेका थिए ।
सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई पनि गरेका छन । (कम हेड वाटर पावर) रिसोर्समा अनुसन्धान गर्दै जाँदा उनले पियर रिभ्युड वर्ल्ड टप जर्नल र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा धेरै शोधपत्रहरू प्रकाशित र प्रस्तुत गरेका थिए। उनले आफ्नो नेतृत्वमा US$ १००,००० रकम जम्मा गरी धेरै अनुसन्धान अनुदान सफलतापूर्वक ल्याएका थिए ।
अनुसन्धान सुरु गर्नु अघि’, उनले नेपालका हाई स्कूलका विद्यार्थीहरूका लागि भौतिक विज्ञान र गणितमा धेरै म्यानुअल र समीक्षा पुस्तकहरू प्रकाशित गरेका थिए । हालसम्म उनका ७ वटा पुस्तक प्रकाशित भएका छन् भने ति मध्य नेपाली बजारमा २५ हजारभन्दा बढी बिक्री भइसकेका छन् । सागर ढकालले १२,००० विद्यार्थीहरू संग इन्जिनियरिङ अध्ययन गरेका छन, सागरले चीनको जल मन्त्रालयको जलविद्युत परियोजना इन्टरनेशनल (सेन्टर अन स्मल) हाइड्रोपावरमा समेत काम गरेका छन ।
USYC (US Embassy Youth Council, मा सन, २०१५ को दसकमा सदस्यको रूपमा छनोट हुँदा उनले अमेरिकी दूतावास सिभिक इन्गेजमेन्ट प्रोजेक्ट टोलीको नेतृत्व गरेका थिए ।
विवेकानन्द इन्स्टिच्युट तालिम सकेर उफ्रिकी मुलुक इथियोपिया पुगेर सागर ढकालले द्वन्द्वबाट पीडित भएर शरणार्थीका रूपमा इथियोपिया आउनेहरूलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न काम समेत गर्थे। सागर भन्छन ईथियोपियामा मैले निकै राम्रो काम गरेको कारण केही समयमै मलाई ४०-५० जनाको टिमको नेतृत्व गर्न दिइएको थियो।
संसारका उत्कृष्ट देशहरूमा पुगेर अन्तर्राष्ट्रिय स्तरका विभिन्न परियोजनाहरूमा काम गरेका सागर ढकाल शेरबहादुर देउवाका लागी यो निर्वाचनामा चुनौतीपूर्ण बनेर खडा भएका छन । नेपाल पोल सग कुरा गर्दै एक सर्वसाधारण नागरिकले भने,’ जनताले धेरै कष्टकर जीवन भोकि रहेकाछन, नेताहरूले यो पिडा कहिलै देख्ने प्रयाससमेत गरेनन् । लाखौ आमाका छोराछोरी विदेश पलायन हुनुपर्ने देशमा दुखद र दर्दनाक परिस्थिति छ ।
यस्तो अवस्थामा सागर ढकाल जस्ता सक्षम युवाहरू राजनीतिमा आएर नेपालको जनजीवनलाई नेपालमा नै रोजगारी सिर्जना गरि गरिवीबाट उक्साएर देशलाई संसारका विभिन्न शक्तिशाली देशहरूको दाँजोमा पुर्याउनको लागी युवा नेता नै हुनुपर्दछ ।
नेपालका राजनीतिक दल र दलका शीर्ष नेताहरूलाई चुनौती दिने गरि स्वतन्त्र उम्मेदवारी दिने उच्च शिक्षा हाँसिल गरेका युवाहरूको राजनीतिक भिड बढ्दै गएको छ, भने दलका नेताहरू प्रति जनताको विश्वास गुम्दै गएको छ ।
यो पनि पढ्नुहोस्: प्रचण्डको राजनीति बाटो बन्द, माधवी भट्ट पराजुलीले प्रचण्डविरुद्ध दिइन उम्मेदवारी
प्रतिक्रिया दिनुहोस्