रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ।

नेपाल कलम
नेपाल कलम २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa
Advertisement

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र –२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

यसअघि  लामिछानेले चितवन-३ बाट  उठ्ने तयारी गर्नुभएकाे भएपनि  वहाँले अन्तिम समयमा  चितवन क्षेत्र–२ बाट नै उठ्ने  निर्णय गर्नुभएको  हाे । चितवन सग उहाँको गहिरो सम्बन्ध छ ।

वहाँले  आफ्नो फेसबुकमा  लेख्नु  भएको  छ । 

मलाई  झुक्याएर  राता रात भरतपुर चितवन पुर्‍याइयो र हिरासतमा कोचियो । म आँखामा  अन्योल र आँसु बोकेर चितवन  आएको थिएं ।

अर्को  समय आज छ, जहाँ म  आफ्नै इच्छा  र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको  योजना बोकेर  चितवन नै आएको छु ।

यस पटक  म नफर्कने गरेर आएको छु  चितवनले लगाएको गुण तिर्न चाहन्छु । जीवन भर चितवनको मान्छे बनेर,’  मंसिर ४  का लागि  चितवन -२ मेरो निर्वाचन क्षेत्र र चुनाव चिन्ह घण्टी

प्रतिक्रिया दिनुहोस्