सिभिल इन्जिनियर मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट दिए उम्मेदवारी,

नेपाल कलम
नेपाल कलम २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौं: पाण्डेको चुनाव चिह्न पाइला रहेको छ । ३३ वर्षीय पाण्डे  सिभिल  इन्जिनीयर हुन् । (२०७४ )  सालमा  काठमाडौं क्षेत्र नम्बर ९ बाट पाण्डेले चार हजार नौ सय छयालीस,  मत ल्याएका थिए ।

यस पटकको चुनाव  पनि आफुले  जित्ने गरी तयारी गरेको   र मतदाताले पनि  परिवर्तनका ढोकाहरू खोल्न  चाहेको उनको बुझाई रहेको छ ।

विवेकशील  साझा  पार्टीका पुर्व  अध्यक्ष रवीन्द्र मिश्र गणतन्त्र  विरोधी बनेपछि पाण्डेले  मिश्रको विरोध गर्दा कारवाहीमा  परे  कारवाहीमा  परेका  पाण्डे फुकुवा नभएपछि उनि  निकटका  युवाहरूले सहायता दिएर दर्ता भएको साझा पार्टी नेपालको पाइला चिह्न लिएर पाण्डे चुनाव लड्न  लागेका हुन्  ।

मिलन  पाण्डे  सिभिल  इन्जिनियर हुन् । उनी ३३ वर्षका युवा हुन  उनको  घर  भने काठमाडौँ  महानगर वडा नम्बर २१ मा छ । उनको  जन्म र खाए  खेलेको शिक्षा-दीक्षा लिएको सबै यही क्षेत्रमा पर्छ । 

पाण्डेले नेपालको शिक्षा क्षेत्र गुणस्तरीय  नभएको र यसलाई सुधार गर्नुपर्ने  आफ्नो पहिलो  प्राथमिकता  भएको बताएका छन । काठमाडौं क्षेत्र नम्बर ९ बाट  उम्मेदवारी दिएका  पाण्डेको  चुनाव  चिन्ह पाइला हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस्