पछिल्लो समय काठमाडौं महानगरले फुटपाथका ठेलागाडा हटाउदै आएको छ । महानगरको प्रशंसनीय कार्य भएपनि महानगर भने कतै चुकेको देखिन्छ।
एमालेबाट महानगरको मेयर भएका केसव स्थापितले आफ्नो कार्यकालमा फुटपाथमा ठेलागाडा राखेर जीविकोपार्जन गर्ने श्रमिकहरूको व्यवस्थापनका नाममा ठेलागाडा कब्जा गर्ने तर दैनिकि जीविकोपार्जन गर्दै आएका श्रमिकहरूलाई भने उचित ब्यबस्थापन गरेका थिएनन् ।
पात्र भिन्न होलान् तर महानगरमा मेयर बालेन साह आएर उनले पनि फुटपाथमा ठेला व्यवसाय गरेका श्रमिकहरूको ठेलागाड कब्जा गर्ने र ति ठेलागाडामा २० रूपैयाँको सामान बेचेर गरि खाने वर्गलाई कुनै व्यवस्थापन नगर्ने गरेको देखिन्छ ।
सार्वजनिक स्थलमा वा मानिसहरूलाई हिड्न बनाईएका स्थानहरूबाट ठेलागाडा हटाउनु नराम्रो होइन । तर महानगरले ति श्रमजीवी वर्गलाई उचित व्यवस्थापन गर्नुपर्ने महानगरले भने ठेला व्यवसायहरूलाई उचित व्यवस्थापन गरेको देखिएन। देखिन्छ त केवल ठेलागाडा कब्जा गरिएको
घरमा श्रीमान विरामी अवस्थामा पुगेपछि थापाथली नजिकै २ वर्षदेखि काखमा बच्चा च्यापेर ठेलामा चियाँ नास्ता बेचेर दैनिकि गुजारा गर्दै आएकी लमजुङ घर भएकी शर्मिला थामाङको ठेला काठमाडौं महानगर प्रहरीले थुथेर कब्जा गरेको छ ।
महानगर प्रहरीले उनको ठेलागाडा कब्जा गरेपछि उनि महानगरले ठेलागाड कब्जा गरी राख्ने गरेको ठाउमै पुगेर बिलौना गरेकि थिईन । उनले आफ्नो ठेलागाडा फिर्ता दिन ठेला साएर आँसु बगाउदै महानगरलाई अनुरोध गरेकि छिन तर महानगर भने मौन छ ।
काठमाडौं महानगरले जथाभाबी राखेर ब्यापार गरेका ठेलागाडा हटाउनुपर्छ। तर महानगरको हटाउनु मात्र जिम्मेवारी हो र ?? @ShahBalen मेयर साप वहाँहरूलाई तुरूत ब्यबस्थापन गर्नुहोस। pic.twitter.com/oDv1YXguUK
— Rama oli – रमा ओलि (@ramaoli55) October 14, 2022
प्रतिक्रिया दिनुहोस्