काठमाडौं, चितवन छाडेर गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोडदारका साथ चुनावी प्रचारप्रसारमा व्यस्त छन । अर्का नेता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि प्रचण्ड सगै देखिन्छन । हुन त भन्निन्छ राजनीतिकमा मित्र कोही हुँदैन ।
२०७७ असोज २२ गते बिहीबारका दिन आफ्नो गृहजिल्ला गोरखाको पालुङटार–६ पौवाटारमा आयोजना गरिएको एक कार्यक्रममा बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भट्टराईले भनेका थिए ‘बुढीगण्डकी मलाई थाहा छ। ९ अर्ब रुपैयाँ, केपी ओली, शेरबहादुर देउवा र प्रचण्डहरुले बाँडेर खानुभएको छ ।
उनले ९ अर्ब रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए । डा. भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोप मात्र लगाएका थिएनन् उनले आफूसँग केपी ओली, देउवा, र प्रचण्डले गरेको ९ अर्ब भ्रष्टाचार पुष्टि गर्ने प्रमाण समेत भएको उक्त कार्यक्रममा दाबी समेत गरेका थिए ।
उनले लगाएको आरोप सत्य थियो भने देशका शीर्ष नेताहरूबाटै देश कसरी लुटिदैछ देशको अर्थतन्त्र ओरालोतिर कसरी गयो । राज्यका प्रणालीहरू कति सम्म भ्रष्ट छन सहजै बुझ्न सकिन्छ ।
डा.भट्टराईले लगाएको आरोप पछि आरोपित केपी, देउवा, प्रचण्डले, कडा प्रतिकार गरेका थिए ।
यो बिसय चर्चमा त रह्यो तर प्रमाणित भने भएन। पुर्व प्रधानमन्त्रीहरूलाई बाबुराम भट्टराईले आरोप लगाउनु कुनै सामान्य बिसय भने थिएन ।
देश विधि र नीतिले चलेको थियो भने बाबुराम भट्टराईले लगाएको अरबौ भ्रष्टाचारको आरोप अनुसन्धानको घेरामा हुने थियो ।
हिजोका दिनमा आफ्नै गृहजिल्ला गोरखाको पालुङटार–६ पौवाटारमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले बुढानिलकण्ठ आयोजनाको ९ अर्ब रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउने डा. बाबुराम भट्टराई आज प्रचण्डसगै गोरखा पुगेर प्रचण्डलाई नै भोट माग्दै हिँडेका छन ।
प्रतिक्रिया दिनुहोस्