मैले चाहेको जस्तो केही भएको छ केही भएको छैन प्रश्न विरोध सहयोग गरे। मस्त मंग्न भएर बसिन गगन थापा,

नेपाल कलम
नेपाल कलम ३० आश्विन २०७९, आईतवार
7 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौं; हामी मंसिर ४ मा हुने निर्वाचनको सम्मुखमा छौँ महामन्त्री गगन थापाले भने २०७४ को निर्वाचन मार्फत तपाईँबाट प्राप्त ऊर्जा र जिम्मेवारी बोकेर म सङ्घीय संसदमा गएको थिए ।
त्यो विश्वास र अवसरका निम्ति तपाईँहरू प्रति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । म फेरी एक पटक पुनः उम्मेदवारको रूपमा तपाईहरूको बिचमा उपस्थित भएको छु ।

कोभिडको महामारी संकटमा हाम्रो टिमले जसरी सेवा दिने प्रयास गरेका थियौ डेंगु प्रकोपको बेलामा अहिले हामी घरमा टोलमा पुगेर परिक्षण गर्न र अन्य परामर्श र सेवा दिने प्रयासमा जुटि रहेका छौ ।

उनले भने निर्वाचन आचारसंहिता अनुरूप निश्चित दिन मात्र घरदैलो गर्न पाइने सभा गर्ने पाउने जुलुस गर्न पाउने मतदातासँग सम्पर्क गर्न पाउने हुनाले त्यति वेला सम्भव भएसम्म म तपाईँहरूको घर टोलमा आएर तपाईँहरूसँग प्रत्यक्ष कुराकानी गर्न नै छु ।

त्यस अघि सामाजिक सञ्जालमार्फत आजदेखि नियमित रूपमा तपाईँहरूसँग जोडिने छु र तपाईँहरूका जिज्ञासा र सुझाव लिनेछु । आफ्ना योजना र कार्यक्रम बताउनेछु ।

हजारौ उम्मेदवारहरू अहिले मैदानमा छन । उनीहरू मध्य केही मूलधारको राजनीतिक सग आबद्ध छन । केही मूलधारको राजनीति भन्दा बाहिर छन । बाहिरबाट हेर्दै गर्दा मूलधारको राजनीतिका उम्मेदवारहरूलाई तपाईँहरू एउटै देख्नुहुन्छ । जो यही व्यवस्थाको एउटा अंग हो उनीहरू खुशी छन किन कि यो व्यवस्थाबाट यो प्रणालीबाट उनीहरूले लाभ प्राप्त गरिरहेका छन । उनीहरू एक अर्कासँग प्रतिस्पर्धा गरि रहेका छन उनीहरू एउटै हुन ।

दोस्रो मूलधारका राजनीतिक दलहरूसँग आबद्ध छैनन् । यो व्यवस्था प्रति उनिहरूको आक्रोश छ उनीहरू प्रश्न गरिरहेका छन । उनिहरू बदलिनुपर्छ भनि रहेका छन । यो भित्र रहनेहरूको दृष्टिकोण योग्यता पवित्रता फरक फरक होला; त्यो तपाईँहरूले मूल्यांकन गर्न कुरा हो तर यो दुइटा क्याटोगेरी वा प्रवृत्ति मात्र छैन ।

अर्को एउटा प्रवृत्ति पनि छ मूलधार कै दलहरू भित्र केही मानिसहरू छन जो खुशी छैनन् जो मग्न छैनन् । तर यो दुई थर प्रवृत्तिका मात्र छैनन् केही मानिसहरू छन जो राजनीतिक दलहरूसँग आबद्ध छन केहिले जितेका छन कहिले हारेका छन त कहिले नथाकि लडेका छन  किनकि उनिहरू बदल्न चाहन्छन ।

जे भइरहेको छ उनीहरूलाई चित्त बुझेको छैन । यो भन्दा राम्रो हुनुपर्दछ हुन सक्छ भन्ने ठान्छन त्यसका लागी प्रयास गरिरहेका छन । सुतेका छैनन लडि रहेका छन । गगन थापा भन्छन म आफूलाई पनि यही भित्रको एउटा ब्यक्ति ठान्दछु एउटा पात्र ठान्दछु ।

म अहिले नेपाली काँग्रेसको महामन्त्री छु पार्टीको शुद्धीकरणको लागी बर्षोदेखि लडिरहेको छु । यो भन्दा अघिल्लो महाधिवेशनमा मुल नेतृत्व नै बदल्नको लागी लडेको थिए । मैले चाहेको जस्तो भएको भए आज मेरो पार्टीले गर्न निर्णयहरू पनि मैले चाहेको जस्तै हुन्थ्यो होला; मैले चाहेको नहुदापनि मैले समर्पण गरेको छैन ।

मैले चाहेको जस्तो केही भएको छ । केही मैले चाहेको जस्तो भएको छैन तर यो बिचमा पनि नेपाली कांग्रेस जस्तो पार्टी जुन बाटोमा हिड्नु पर्ने हो त्यो बाटोमा हिँडाउनका निम्ति यही भित्र मैले कडा षंघर्स गरिरहेको छु । सकेसम्म यसभित्रैबाट जहाँ छु आफ्नो सीमाबाट राम्रो गर्न प्रयास गरिरहेको छु एउटा प्रवृत्तिसँग लडिरहेको छु जुधिरहेको छु ।

गएको पाँच बर्ष सासदको रूपमा काम गर्दै गर्दा यति कुरा गौरवका साथ भन्न सक्छु यो संसदको सबैभन्दा कृयाशिल सासद म थिए । कहिले मेरो पार्टीको नेतृत्वमा सरकार रह्यो कहिले अरू पार्टीको सरकार रह्यो । तर मैले सरकार कस्को छ भनि हेरिन मेरो ब्रम्हले जे कुरा सत्य छ भन्यो त्यसको पक्षमा उभिए । मेरो ब्रम्हले जे देश र जनताको पक्षमा छैन गलत छ भन्यो म त्यसको विरुद्धमा उभिए ।

कहिले प्रश्न गरे कहिले विरोध गरे कहिले सहयोग गरे; तर म कहिले मस्त मंग्न भएर बसिन । सत्यको लागी निरन्तर रूपमा लडिरहे आज फेरी सांसद हुन चाहेको छु मेरो सोच के छ मेरो योजना के छ पाँच वर्ष मैले के गर्न चाहेको छु । सबै योजनाहरू तपाईहरूको बिचमा ल्याएर आउने नै छु । उनले भने अहिलेलाई यति कुरा मात्र भन्छु यो पाँच बर्ष सासद भएर मात्र बस्ने छैन ।

हामी सबैलाई थाहाँ छ नेपालको राजनीतिको एउटा पुस्ताले ठुलो योगदान गरेको छ तर यो पुस्ता अब विश्राम लिने बेला आएको छ । यो पुस्तालाई विश्राम लिनुहोस भनि पटक पटक भन्दै आयौ ।

तर अनुरोध गरेर मागेर नहुने रहेछ लड्नुपर्ने रहेछ म लड्न चाहन्छु म ड्राइभरिङ् सिटमा बस्न चाहन्छु । अनि ड्राइभरिङ्को सिटमा बसि सकेपछि जमा एऊटा कुरा सोच्ने छु कि मैले मेरो दुई छोरीहरूलाई हुर्काइ रहेको छु हामीहरू हुर्काइ रहेका छौ ।

मेरो छोरी हुर्कदै गर्दा मैले र बाले अविकसित देशको नागरिक भएर होइन विकसित देशको नागरिक भएको परिचय दिन सक्ने कसरी बनाउने होला । यही सपनाले मलाई ड्राइभ गर्न मन छ । तर के सपनाले पुग्छ पुग्दैन यो सपनालाई ब्यबहारमा अनुवाद गर्नेका निम्ति दीर्घकालीन योजना चाहिन्छ त्यो योजना बनाएको बुनेको छु ।

विगतका बर्षको अनुभवले मात्र हैन टिम बनाएर काम गरेको छु । विगतका अनुभवको आधारमा मात्र यि कुरा मैले भनि रहेको छैन कि गर्न सक्दछु । उनले भने एउटा सरकारले सरकार बनेको दिनबाट विदा आउने दिनसम्म प्रत्येक क्षेत्रहरूमा के के गर्नुपर्छ कसरी गर्नुपर्दछ हाम्रा समस्याहरू के के हुन त्यसको समाधान कसरी निकाल्न सकिन्छ । भन्ने कुराको हामीले अध्ययन अनुसन्धान तयारी गरेका छौ।

यसलाई लागु गर्न चाहन्छौ केही बर्षपछि सक्रिय राजनीतिबाट विदा लिने सोच भइसकेको छ । सक्रिय राजनीतिबाट विदा लिएर जब म समाजमा आम नागरिकको रूपमा तपाईँहरूको बिचमा आउछु त्यति बेला मैले राजनीतिमा रहदै गर्दा के के जिम्मेवारी पाए । कुन कुन शक्तिको अभ्यास गरे मलाई यसरी यसको आधारमा नसम्झियोस् ।

महामन्त्री  गगन थापाले  भने;  मैले  के काम गरे  र त्यो  कामले के  परिणाम  ल्यायो त्यो कामको  कारणले  देश  र जनतालाई   के  फाइदा  भयो यसको  आधारमा मलाई  सम्झियोस् मलाई मायाले अँगालो  मारियोस् । मेरो  छोरीहरूले  गौरवको  साथ मेरो  बुवा  राजनीतिमा  हुनुहुन्थ्यो भन्ने  अवस्था  आओस्  केवल मैले  यति  मात्र चाहेको  छु  ।

प्रतिक्रिया दिनुहोस्