लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर हाल चितवन भीमनगर बसोवास गर्दै आएका राजु परियारका बुबाको उपचारको क्रममा निधन भएको छ। फोक्सोको समस्याबाट मंगलसिंह परियार पीडित थिए । पारिवारिक स्रोतताका अनुसार फोक्सोमा क्यान्सर भएको थियो।
मंगलसिंह कि २ श्रीमती, ६ छोरा २ छोरी छन दुवै श्रीमतीसँग उनी चितवन बस्दै आएका थिए। काठमाडौंमा जेठो छोरा राजुले बुबाको उपचार गराइरहेका थिए।
काठमाडौंमा उपचार गर्दा स्वास्थ्यमा सुधार आएपछि २ महिनाअघि
राजु परियारले आफनो बुबालाई चितवन ल्यएका थिए । चितवन घरमा आइतबार बिहान स्वास्थ्यमा समस्या आएको उपचारका लागी भरतपुर लागिएको थियो तर उपचारको क्रममा लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ।
राजु परियारले बुबाको निधन भएको बारे आफ्नो फेसबुकमा बुबाको तस्बिर सहित राखेका छन् । उनले आफ्नो बुबाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् । अनले भनेका छन। बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो उनले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्