संवत् २०७२ साल मंसिर ४ गते आइतवार एकै चरणमा सम्पन्न गरी तोकिएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरुको उम्मेदवारी दर्ता भईसकेको सन्दर्भमा “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज /
ग्रुपहरुबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति भ्रामक र द्वेषपूर्ण सामग्री प्रकाशन गर्ने फेक फेसबुक पेज ग्रुपहरूमा निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको बताएको छ।
लाखौ फलोअर्स भएका फेक फेसबुक पेज ग्रुपहरुले दलका नेता विरुद्ध गलत तरिकाले प्रचार प्रसार गरेको कारण आयोगले विज्ञप्ति मार्फत जनाएको हो।
भ्रामक र कपोकल्पित आरोप लगाउदा विद्युतीय ऐन, २०६३ को दफा ४७ निर्वाचन ( कसूर तथा सजाय ) ऐन, २०७३ को दफा २३ को उपदफा ( १ ) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड ( ञ ), ( ट ), ( ठ ) र ( ङ ) अनुसार त्यस्ता कार्य गर्नेलाई कडा सजाय हुने व्यवस्था छ।
उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज / ग्रुपहरु तत्काल हटाई
उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराईन्छ। आयोगले भन्यो हाम्रो निगरानीमा रहेचा उक्त फेसबुक पेज / ग्रुपहरु तत्काल नहटाए प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ । आयोगले विज्ञप्तिमा लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्