बालेन र हर्क साम्पाङको भेटघाट भएको हो ? तस्विर भाईरल

नेपाल कलम
नेपाल कलम १८ मंसिर २०७९, आईतवार
2 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौं, दुई मेयर बिच मनमुटाव भएपनि पछिल्लो समय धरान मेयर हर्क साम्पाङ र काठमाडौं महानगर मेयर बालेन शाह बिचको सम्बन्ध राम्रो बन्दै गएको देखिन्छ ।

हर्क साम्पाङको बिचारमा बालेनले सर्मथन जनाउछन । भने साम्पाङले पनि शाहको बिचारमा सर्मथन देखाउछन । साम्पाङ भन्छन् स्वतन्त्र स्वतन्त्र मेयर हाम्रो मिलेन हुँदा जनमानसमा खुशीको माहोल बन्दो रहेछ । दुई मेयर भेटघाट गर्न समेत बताएका थिए ।

उनिहरूको यस किसिमको सम्बन्ध देख्दा समर्थकमा भने खुशीको माहोल छायाको छ ।

दुई स्वतंन्त्र मेयर बिचको सम्बन्ध राम्रो देखिएपछि सामाजिक सञ्जालमा बालेन र साम्पाङको तस्विर भाईरल भयो। तस्विर धरान मेयर साम्पाङ कै कार्यल भित्र खिचेको हो ।सामाजिक सञ्जाल प्रयोगकर्ताले तस्विर सम्पादन गरेर उक्त तस्विर जनमानसमा अफवाह फैलिने गरि भाईरल भएको छ ।
कतिपय मानिसहरूले शाह र साम्पाङको भेटघाट भएको ठानेका छन । अफवाह फैलाउने गरि तस्विर भाईरल भएको पाएपछि नेपाल पोलले यस बारेमा रिपोर्ट गरेको हो ।

जुलाई शुक्रबार दिउँसो १२ बजे मेयर हर्क साम्पाङले आफ्नो अफिसमा खिचेको तस्विरलाई सम्पादन गरेर शाह र साम्पाङको भेटघाट भएको भ्रम फैलाईएको हो ।

८ जुलाई शुक्रबार दिउँसो १२ बजे साम्पाङले तस्विर खिचेर आज पहिलो शुक्रबार मैले मेरो प्रतिवद्धता विर्सन मिल्दैन भन्दै पोष्ट गरेका थिए। सोहि तस्विरलाई बालेन शाह साम्पाङ भेटघाट भयो भनेर प्रचार गरिएको छ ।

काठमाडौं महानगर मेयर बालेन शाह र धरान मेयर हर्क साम्पाङ बिच हालसम्म कुनै भेटघाट भने भएको छैन । 

प्रतिक्रिया दिनुहोस्