३ करोड २१ लाखमा बनेको रत्ननगर पशुपन्छी हाटबजार हस्तान्तरण

नेपाल कलम
नेपाल कलम २७ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa
Advertisement
Advertisement

रत्ननगर, मंसिर २७ । पशुपन्छी किनबेचमा किसानलाई सहजता र सुविधा दिन चितवनको रत्ननगमा पशुपन्छी हाटबजार हस्तान्तरण तथा उद्धघाटन गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालले रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटालाई पशुपन्छी हाटबजार हस्तान्तरण गरे । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानिमा रु ३ करोड २१ लाख ९५ हजार ५ सय रुपैयाँको लागतमा रत्ननगर नगरपालिका वडा नं. ९ खगेरी खोला नजिकै व्यवस्थित पशुपन्छी हाटबजार सञ्चालनमा आएको हो ।

तीन बिघा क्षेत्रफलमा बनेको पशुपन्छी हाटबजारमा भैंसी, गाई, बाख्रा लगायतका पशुको किनबेच हुनेछ । यसअघि बर्दियाको (गुलरिया), मोरङको (रंगेली), रुपन्देहीको (सियारी) र त्यसपछि रत्ननगर ९ मा पशुपन्छी हाटबजार सञ्चालनमा आएको छ । पशु बेच्न टाढाबाट आएका किसानलाई बास बस्न, रगत, गोबर चेकजाँच गर्ने पशुचिकित्सक प्रयोगशाला तथा डिस्पेन्सरी, पानीखाने डुड, बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि २ तले किसान भवन बनाइएको छ । यस्तै चमेनागृह, शौचालय, पशुलाई राख्न होल्डिङ यार्ड (टहरो) लगायतका संरचनाहरु बनेका छन् । हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजाँच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र बिक्री गर्न पाइने छ ।

No description available.

बिक्रि गर्न ल्याईएका पशुपन्छीको तौल हेरेर रु १० देखि रु १०० सम्म शुल्क बिक्रेताबाट लिईने रत्ननगरका पशु शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । शंका लागेका पशुको रगत र गोबर परीक्षण गरी रोगी देखिएमा बिक्री गर्न नपाइने उनले बताए । पशु हाटबजार सञ्चालनका लागि कार्यपालिका सदस्यको संयोजकत्वमा मुल सञ्चालक समिति बनाइएको पौडेलको भनाईछ । पशुपन्छी हाटबजारको मंगलवार रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका छन् । हाटबजार उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले हाटबजार सञ्चालनमा आएसंगै पशुपन्छी खरिद बित्रिमा बिचौलियाको अन्त्य हुने बताए ।

उनले भने, ‘बिचौलियाबाट नभईकन सिधै किसानमार्फत खरिद गर्न पाउनेछन् ।’ नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उप प्रमुख यादव पाठक, आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी, आर्थिक विकास समितिका सदस्य हेमराज थापा, जिल्ला समन्वय समिति चितवनकी सदस्य सविता चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्