जाजरकोट जीप दुर्घटना मृत्यु हुने संख्या पुग्यो १२,

नेपाल कलम
नेपाल कलम २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa
Advertisement
Advertisement

जाजरकोट; जाजरकोट छेडागाड नगरपालिकामा भएको जीप दुर्घटनामा पर्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा आठ जना एउटै वडाका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका २ का मानबहादुर रावत सवारी चालक र गाउँपालिका–३ का वीरेन्द्र केसी र अमर खाडा रहेका छन् ।

छेडागढ नगरपालिका–५ का दीपक अधिकारी, नैनासारा अधिकारी, जयकुवरा बुढा, रामबहादुर बुढा, देवीसारा बुढा, अमर अधिकारी, निशा अधिकारीको पनि मृत्यु भएको छ ।

घटनामा घाइते भएका जयवन अधिकारीको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा छेडागढ ६ का वीरबहादुर खत्रीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

वडा नम्बर ३ बाट चेडागढको वडा नं ४ तर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप सोमबार दिउँसो दुस सय मिटर तल भीरमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्