एजेन्सी: पाकिस्तान र अफगानिस्तान सीमामा गोली चलेको छ। पाकिस्तानी अधिकारीका अनुसार दुवै देशको बीच सीमामा तालिवानी जवानले गोली चलाएका थिए। गोली लागेर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
अफगान सैनिक दक्षिणपश्चिममा रहेको चमन बोर्डर नजिक असैनिक इलाकामा गोली चलाएका थिए। सोपछि सीमा क्षेत्रमा रहेको केही गाउँ उनीहरुले खाली गराएका थिए। सञ्चारमाध्यमका अनुसार त्यहाँका अस्पताल र क्षेत्रलाई सचेत गराउने काम भएको छ।
यसअघि पाकिस्तान र अफगान सैनिकबीच भएको झडपमा ६ जनाको ज्यान गएको थियो। तालिवान सैनिकले पहिले पाकिस्तानी सैनिक जवानले गोली चलाएको बताएको छ। समस्या समाधानका लागि दुवै पक्षबीच वार्ताका पहल भइरहेको बताइएको छ।
अफगान रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार पहिले पाकिस्तानको तर्फबाट गोली चलेको थियो। यस्तो नकारात्मक भावनाबाट कसैको हित नगर्ने मन्त्रालयको भनाइ छ। तर पाकिस्तानी सञ्चार माध्यमका अनुसार सीमामा एक सैनिक व्यारेक मर्मत गर्ने विषयसँग यो कुरा सम्बन्धित छ।
पाकिस्तानी सैनिकले व्यारेक मर्मत गर्नेबेलामा अफगान सनिकले गोली चलाउँदा झडप भएको थियोl अफगान सैनिकले सीमामा रहेको गाउँ खाली गराउन धेरै राउण्ड फायर खोलेपछि त्यसको जवाफमा पाकिस्तानी सैनिकले फायर गरेको पाकिस्तानी सञ्चार माध्यमको दावी छ।
झडप पछि सीमामा रहेको चमन जिल्ला अस्पतालमा आपतकाल घोषणा गरिएको छ । त्यहाँ बस्ने नागरिकलाई त्यसबारे सचेत गराइएको छ।
प्रतिक्रिया दिनुहोस्