मोरक्को र क्रोएसिया विश्वकपमै दोस्रो पटक भेट

नेपाल कलम
नेपाल कलम २ पुष २०७९, शनिबार
1 Min Read
Aa
Advertisement

काठमाडौ । विश्वकप फुटबल २०२२ मा तेस्रो स्थानका लागि साविक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन् । यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रो पटक भेट हुने पक्का भएको हो ।

मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । क्रोएसिया मंगलबार राति अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो । यसअघि समूह चरणमा गोलरहित बराबरी खेलेका थिए ।

यी दुई टोलीको खेल शनिबार राति ८ः४५ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ । मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरेका थिए ।

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए । क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको थियो ।

उस्तै नतिजासहित सेमिफाइनलमा पुगेका दुई टोलीको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको हो । यसअघिको विश्वकपमा फाइनलमा पुगेको क्रोएसियाले पनि विश्वकपको उपाधि जित्न सकेको छैन ।

मोरक्को भने पहिलो पटक सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको थियो भने क्रोएसियार बेल्जियमले बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्